Tuesday, November 15, 2011

चरी बाघ मृत फेला

कञ्चनपुर, कात्तिक २९ - कञ्चनपुरको पिपलाडी-६ का स्थानीय बासिन्दाले लोपोन्मख अवस्थामा रहेको चरी बाघ आज मृत अवस्थामा फेला पारेका छन्। शुक्लाफाँट आरक्षबाट गाउँमा आहाराका लागि छिरेको चरी बाघ खेतमा मृत अवस्थामा फेला परेको हो।




आरक्ष नजिकैका गाउँमा कुखुरा र अन्य साना जनावरको सिकार गरेर आहारा जुटाउने उक्त बाघलाई कसैले मारेर फालेको आशङ्का स्थानीयले गरेका छन्।
मृत अवस्थामा फेला परेको चरीबाघ दुई फुट लम्बाइ र खैरो रङको रहेको छ। शुक्लाफाँट आरक्षमा मात्रै पाइने चरी बाघ लोपोन्मुख प्रजातिमा पर्दछ।
आरक्षमा बासस्थान बनाएका चरी बाघ राति आहाराका लागि मध्यवर्ती क्षेत्रका गाउँ पस्ने र दिउँसो आरक्षमै फर्कने गर्दछन्। http://www.nagariknews.com/society/nation/33197-2011-11-15-11-07-27.html

No comments:

Post a Comment